प्रशासनको कडाइपछि कारागारको जग्गामा अतिक्रमित संरचना भत्काउन थाले स्थानीय

संदिप प्रसाद यादव
237 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (0.44166666, 0.5652985);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

कलैया । बाराको कलैया उपमहानगरपालिका–४ स्थित कारागार शाखाको नाममा रहेको सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउने कार्य सुरु गरिएको छ।

कारागार शाखा कार्यालय कलैयाको नाममा दर्ता रहेको कित्ता नम्बर १०३, १०२ र ४४४ अन्तर्गतको सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा तथा अन्य संरचना हटाउन स्थानीय प्रशासनले कडाइ थालेपछि केही व्यक्तिहरूले आफैं संरचना भत्काउन थालेका हुन्।

जिल्ला प्रशासन कार्यालय बाराले गत चैत २६ गते सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र उक्त क्षेत्रमा बनाइएका सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको थियो। तोकिएको समयसीमा समाप्त भएपछि संरचना हटाउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कुनै पनि सरकारी निकायसँग औपचारिक सम्झौता नगरी सरकारी जग्गामा बसोबास तथा निर्माण कार्य गरिएको पाइएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ उपदफा ६(क) अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई ले सूचना जारी भएको म्याद सकिएपछि केही संरचना सम्बन्धित व्यक्तिहरूले स्वयं हटाउन थालेको जानकारी दिए। उनले सोमबार पुनः स्थलगत अनुगमन गरिने बताउँदै तोकिएको समयभित्र संरचना नहटाइए कानुनअनुसार थप कारबाही गरिने चेतावनी दिएका छन्।

Leave a review

This will close in 0 seconds