जीतपुरसिमराको वडा नम्बर २३ मा आइसोलेसन सेन्टर निर्माण हुदै

साझेदारी दैनिक
साझेदारी दैनिक 353 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा आइसोलेसन सेन्टर निर्माण गरिदै छ ।
जील्लामा पछिलो समय कोरोना भाइरसको संक्रमण बढेसंगै यस वडाले ३० बेडको आइसोलेशन निर्माण गर्न लागेको हो ।
सेही वडामा रहेको एक मदरसालाई आईसोलेसन सेन्टरको रुपमा बनाउन लागिएको हो ।

उक्त आइसोलेसन निर्माण गर्न त्याहाँका मुस्लिम समुदायहरु तयार भएपछी वडाले धमाधम काम अगाडी बढाएको वडा अध्यक्षले जानकारी गराएका छन । वडामा दुई जना स्थानीय डाक्टरहरुकै डा. इल्ताब अन्सारी र डा.एमामुल मन्सुरी दुबै स्वयंसेवकको रुपमा सहयोग गर्न तयार भएपछी वडाले उत्साहजनक रुपमा आइसोलेसन निर्माण गर्न लागेको हो ।

वडा नम्बर २३ मा रहेको ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्याग्नेश फर्मामा र बाँकी ५ जना अहिले होम आइसोलेसनमा छन् । होम आइसोलसनमा बसेकालाई प्राथमिकताका आभारमा दुई दिन भित्रै वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाइएको वडा कार्यालयले जनाएको छ ।

आइसोलेसन निर्माणका लागी उपमहानगर स्तरीय र वडा स्तरीयको संयुक्त रुपमा बिपत ब्यवस्थापनको शिर्षकमा छुट्याइएको रकम आर्थिक ब्यवस्थापनमा काम अगाढी बढेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review