पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको घटनाप्रति नेपाल तरुण दल बाराद्वारा घोर भर्त्सना

साझेदारी डेलि
247 पाठक संख्या

कलैया : नेपाल तरुण दल बाराले पूर्व प्रधानमन्त्री केपिशर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोमा घोर भर्त्सना गरेको छ। नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले एक प्रेस विज्ञप्ति गरी भर्त्सना गरेका हुन्।

विज्ञप्तिमा नेपाल तरुण दल सधैदेखि कानुनी राज्य, लोकतान्त्रिक मूल्य तथा विधिको शासनको पक्षमा उभिँदै आएको संगठन रहेको लेखिएको छ। हालको राजनीतिक परिवेशमा जनताको उल्लेखनीय समर्थन र विश्वासका आधारमा वर्तमान सरकारले प्राप्त गरेको जनादेशलाई आत्मसात गर्दै राष्ट्रलाई समृद्धितर्फ अग्रसर गराउने महत्वपूर्ण अवसरलाई गम्भीरतापूर्वक लिन दलले प्रेस विज्ञप्तिमा जोडदार आग्रह गरेको छ।

यसै सन्दर्भमा, पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको पक्राउप्रति नेपाल तरुण दलको घोर भत्र्सना गर्दै विज्ञप्तिमा कडा निन्दा गरेको छ। यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ विज्ञप्तिमा पटेलले लेखेका छन्।

नेपाल तरुण दल वर्तमान सरकारलाई यस्ता निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि वढ्न तथा राजनीतिक सहिष्णुता कायम राख्न कडा चेतावनीसहित दलले ध्यानाकर्षण गराएको छ। देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राखु सबै पक्षको साझा दायित्व हो दलले पुनः स्मरण गराएको छ।

नेपाल तरुण दलले शान्ति, स्थिरता तथा समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्तिहरूबीच सहकार्य तथा संवाद आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने समेत विज्ञप्तिमा प्रतिवद्धता व्यक्त गरेको छ।

Leave a review