एमाले बाराको नयाँ नेतृत्वका लागि निर्वाचन हुदै

साझेदारी दैनिक
233 पाठक संख्या

नेकपा एमाले बारा जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ ।

एमाले बाराको ११औ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवारबाट निर्वाचनको प्रक्रिया गरिएको हो ।

कलैया स्थित जानकी सिनेमा हलमा शुरु गरिएको बन्दसत्रले सहमति गराउन नसकेपछि मतदानमा हुने भएको छ ।

मंगलवार साँझदेखी निर्वाचन पकृया शुरु भएको एक नेताले साझेदारीलाई बताए ।

निर्वाचन अधिकृत महम्मद रफिक मियाँले निर्वाचन मतिले मंगलवार निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिसकेका छन ।

प्रारम्भिक मतदाता नामावली प्रकाशन भईसकेको छ । बुधबार बिहान १०ः१५ पछि अन्तिम नामावली प्रकाशन गर्ने तथा बिहीबार बिहान ८ बजेबाट दिउसो ३ बजे सम्मको लागि मतदान गर्ने कार्यतालिमा रहेको निर्वाचन अधिकृत मियाँले बताएका छन ।

समितिले मंगलवार निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जसअनुसार बुधबार बिहान १०ः१५ पछि अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ । मतदानको समय भने बिहीबार बिहान ८ बजेबाट दिउसो ३ बजे सम्मको लागि तोकिएको छ ।

एमाले बाराको नयाँ नेतृत्वकालागि जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, निवर्तमान उपाध्यक्ष टिना सुवेदी र कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत भण्डारीले अध्यक्षका लागि दाबी गरेका छन् ।

Leave a review

This will close in 0 seconds