ट्याक्टर र मोटरसाइकल ठोक्किदा तीन जना घाइते

साझेदारी दैनिक
473 पाठक संख्या

बिनिता चौधरी/
बाराको तामागढी – सिमरौनगढ सडक खण्ड अन्तर्गत बुधबार बटौलिया र पडरीको बिचमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका वार्ड नम्बर ७ बस्ने २० वर्षीय इरसाद अन्सारी,सोही ठाउँमा बस्ने १८ वर्षीय उजिर अन्सारी र २० वर्षीय रियाजुल अन्सारी दुर्घटनामा परि घाइते भएका छन ।

मोटरसाइकल चालक इरसाद अन्सारीको खुट्टा फेक्चर भएको छ । डा.रोसन अलिको अलि अर्थोपेडिक सेन्टर बिरगंजमा उपचार पछि बयोधा अस्पताल बिरगंजमा रिफर गरिएको छ भने मोटरसाइकलमा सवार दुई जना उजिर र रियाजुलको रोसन अलिकोमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि मदेश प्रदेश ०३-००१-त ६८५८ नम्बरको ट्याक्टर र चालक कोल्हवी नगरपालिका वाड नम्बर ११ को सुरेश पनुहर प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए ।

Leave a review

This will close in 0 seconds