करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
510 पाठक संख्या

कलैया : करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम कलैयामा बुधबार सम्पन्न भएको छ।

बारा उद्योग वाणिज्य संघ कलैयाको सभाहलमा करदाता सेवा कार्यालय बाराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

“ कर प्रणालीको सार,लगानीको आधार“ भन्ने मूल नाराका साथ कलैया उपमहानगरपालिका क्षेत्रका करदाताहरुको लागि करदाता शिक्षा कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा करदाता सेवा कार्यालय कलैयाका कर अधिकृत विष्णु सिग्देलले विषयवस्तु प्रस्तुत गरेका हुन्। उनले करका प्रकार,मूल्य अभिवृद्धि कर सम्बन्धी जानकारी,नया कर बिजक र करदाताले ख्याल गर्नु पर्ने कुराहरु लगायतका विषयमा प्रकाश पारेका थिए।

उक्त कार्यक्रममा नायब सुब्बा रमेशप्रसाद कुर्मीले आर्थिक विधेयक २०८१ ले दिएका छुट सम्बन्धी जानकारी दिएका थिए। उनले करदाताले उठाएको जिज्ञासा समाधान गर्दै आफ्नो मन्तव्य समेत व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds