सडक दुर्घटनामा एकको मृत्यु,एक जना गम्भीर

राम मण्डल
232 पाठक संख्या

पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ स्थित हुलाकी राजमार्गमा सडक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुई वटा मोटरसाईकल एकआपसमा मंगलबार राति सो दुर्घटना भएको हो ।

ना ७ प २६०३ र प्रदेश २ ०३ ००९ प ५३१५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुर्घटनामा परी ना ७ प २६०३ नम्बरको मोटरसाईकल चालक पर्साको जगरनाथपुर गाउँपालिका ६ का ४२ बर्षिय हरिन्द्र चौधरीको मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।

अर्का मोटरसाईकलका चालक वीरगञ्ज महानगरपालिका–३ छपकैयाका जाबेद आलम गम्भीर घाईते भएका छन ।

Leave a review