बाराका प्रजिअ पण्डितको मन्त्रालयमा सरुवा, मकवानपुरका प्रजिअ नेपाल बारा आउने , प्रजिअ पण्डितले तस्करी नियन्त्रण र महँगी नियन्त्रणमा कामगर्न नसकेको नागरिकहरुको आरोप

साझेदारी दैनिक
साझेदारी दैनिक 770 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको सरुवा भएको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेसंगै बारा प्रजिअ पण्डितको पनि सरुवा भएको हो । उपसचिव रहेका पण्डितको गृहमन्त्रालयमा सरुवा गरिएको हो । बारामा सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीको दरवन्दी भएपनि गृहमन्त्रालयले उपसचिव स्तरका पण्डितलाई प्रजिअ वनाएर पठाएको थियो ।

गृह मन्त्रालयले प्रजिअ पण्डितको ठाउमा सहसचिव स्तरकै दिपकराज नेपाललाई सरुवा गरि पठाउने भएको छ । नेपाल हाल मकवानपुरका प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन । गृह मन्त्रालयले प्रदेश २ अन्तरगत बाराका प्रमुख जिल्ला अधिकारी उपसचिव रुद्र प्रसाद पण्डितलाई मन्त्रालयमा सरुवा गर्दै सह सचिव स्तरको प्रमुख जिल्ला अधिकारी पठाउने निर्णय गरेको छ ।

हाल रहेका प्रजिअ उपसचिव पण्डितले बारामा करिब ६ महिना १४ दिन बाराको प्रजिअको रुपमा कामकाज गरेका छन । प्रजिअ पण्डितले बारा वसाईको समयमा खासै उल्लेखनीय कार्य भने गर्न नसकेको बाराका नागरिक अगुवाहरुको भनाईन छ । प्रजिअ पण्डितले आफ्नो कार्यकालमा बारामा तस्करीलाई संरक्षण गर्न भुमिका खेलेका र महँगी नियन्त्रणमा पनि कुनै काम गर्न नसकेको एक नागरिक अगुवाले साझेदारीलाई बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review