बालअधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम

साझेदारी दैनिक
339 पाठक संख्या

गरिबी निवरण तथा सिप विकास केन्द्र कलैया बाराको आयोजनामा देवताल गाउँपालिकाको सहयोगमा बाल अधिकार सम्बन्धी चार दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

देवताल गाउँपालिकाको वडा नम्बर ३ स्थित इन्द्रदेव माध्यमिक विद्यालय अमवामा चैत्र १७ गते देखि २० गते सम्म चार चरणमा सो कार्यक्रम संचालन भएको हो ।

उक्त कार्यक्रममा दुई सय ८० जनाको सहभागिता रहेको गरिबी निवारण तथा सिप विकास केन्द्र कलैयाका अध्यक्ष संजय साहले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा देवताल गाउँपालिकाका उपाध्यक्ष सितापति देवीले मधेशमा बाल अधिकार हनन् हुने घटनामा कुनै कमी हुन नसकेको बताईन् ।

समाज अहिले पनि अशिक्षाको जालोबाट बाहिरिन नसकेको उनले बताइन् । शिक्षा अभावमा दिनहुँ जसो बालअधिकार हननका घटनामा वृद्धि हुदै गएकोमा उनले चिन्ता व्यक्त गरिन् ।

सरकारले बाल अधिकारको बारेमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाउदै समाजका अभिभावकहरुले बालबालिकाहरुलाई उनीहरुको हकबाट बन्चित गर्दै बालअधिकारको हनन गर्दै आएको बताइन् ।

बालबालिकाहरुले पढन पाउने, खेल्न पाउने, जस्ता अधिकार अहिलेसम्म पाउन नसकेको उनको कथन थियो । उनीहरुलाई पढने खेल्ने उमेरमा काममा लगाई उनीहरुको अधिकार गर्ने गरिएको उनले आरोप लगाईन ।

अहिले पनि ईटा भठ्ठा,होटेल,भिख माग्ने जस्ता कार्यमा बालबालिकाहरुको प्रयोग भइरहेको उनले बताइन् । पढने खेल्ने खाने उमेरमा उनीहरुको अधिकार हनन गर्नेहरुलाई सम्बन्धित निकायले निगरानी गर्न सकेको छैन उनले भनिन्।बाल अधिकार सुनिश्चित गर्न गराउन हरेक सचेत नागरिक लाग्नु पर्ने उनले बताईन ।

देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा देवताल गाउँपालिकाका सामाजिक विकास शाखाका जितेन्द्र प्रसाद यादव,नवलकिशोर यादव,लालबाबु प्रसाद जैसवाल, रामकृष्ण पाण्डे,शर्मा प्रसाद,सशस्त्र प्रहरीका प्रकाश घोडसाइने लगायतको उपस्थिति रहेको अध्यक्ष साहले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review