Sajhedari Daily
Latest News from Nepal

तस्करीमा लाईन दिने सशस्त्र प्रहरी निरीक्षक मल्ल र हवल्दार यादवमाथी छानवीन शुरु

Top Aside Banner

बाराको गोलागन्ज स्थित सशस्त्र प्रहरीको बीओपी माथी सशस्त्रकै बाहिनीले छानवीन शुरु गरेको जनाएको छ ।
एकजना व्यापारीको उजुरीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्बर २ बाहिनीले गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्ल र सहायक हवल्दार सनोज यादवमाथी छानवीन शुरु गरेको हो ।

बर्दिवास स्थित बाहिनीबाट सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीको नेतृत्वमा आएको चार सदस्यीय टोलीले शुक्रबारदेखी गोलागन्ज पुगेर अनुसन्धान थालेको छ।

सशस्त्र प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवसंग तस्करीका लागी रकम लिएर लाईन दिएको र फेरि केही दिनपछी समान पक्राउ गरेको उजुरीकर्ताले लिखित बयान दिएपछि अनुसन्धन शुरु गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीको १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले र गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्लले रकम संकलनका लागी लामो समयदेखी सहायक हवल्दार यादवलाई बीओपी मार्फत सादा पोशाकमा खटाएका थिए ।

सशस्त्र प्रहरीको प्रदेश बाहिनीले पटक पटक सहायक हवल्दार यादवलाई बीओपीबाट गणमा सरुवागर्न निर्देशन दिएपनी सशस्त्र प्रहरी उपरीक्षक सुवेदी र सशस्त्र प्रहरी निरीक्षक मल्लले बेवास्ता गर्दै आएका थिए ।

प्रदेश बाहिनीबाट छानवीन टोली आउने थाहा पाएपछी सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले सहायक हवल्दार यादवलाई दुईदिन अगाडि कलैया स्थित सशस्त्र प्रहरीको गणमा सरुवा गरिएको छ ।

बीओपीले केही महिना अगाडि रकम लिएर तस्करीका लागी लाईन दिएर पैसा लिएको एक हप्तामै समान पक्राउ गरेपछि व्यापारीले अडियो रेकर्डिङ सहितको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा गरेका थिए। मुख्यालयको निर्देशन पछि प्रदेश बाहिनीले प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवमाथी अनुसन्धान थालेको हो ।