साना किसान कृषि सहकारी संस्था मनहर्वाले दुई दिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा रहेको साना किसानले महतवह रेकको विहिबार र शुक्रबारका लागि कलैया उमहानगर पालिका वडा नं.१६ को वडा कार्यालय मझौलियामा तालिमको आयोजना गरिएको थियो ।
तालिमका सहभागिहरुलाई डुमरवानाका पशु प्राविधिक प्रेम प्रसाद पौडेल, डुमरवाना दुग्ध उत्पादनक सहकारी संस्था लि.(डेरी) की पशु प्राविधिक एवं सहजकर्ता मुना शिवाकोटी र आयोजक संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।
सो अवसरमा सहभागिहरुलाई दुधालु गाई भैंसीको छनौट र नश्ल सुधार विधि,उपयुक्त गोठ व्यवस्थापन,गर्भिणी,ब्याएका गाई भैंसी एवम् बाच्छा बाच्छीको ब्यवस्थापन,मुख्य संक्रामक रोगहरु,रोकथाम र उपचार विधिका लगायतका वारेमा सहजिकरण गरिएको हो ।

