होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई खाद्य सुरक्षा तथा सरसफाई वारे अभिमुखिकरण

रञ्जन यादव
352 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा होटल तथा रेष्टुरेन्ट व्यवसायी र सरोकारवालाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित उक्त कार्यक्रम खाद्य सुरक्षा तथा खाद्य सरसफाईका विषयमा जानकारी गराईएको छ । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य शाखाका प्रमुख रबि भास्करले गरेका थिए ।

सहभागीहरुलाई खाद्य सुरक्षा,स्वच्छता,सरसफाई,पोषण सम्बन्धी आवश्यक जानकारी तथा व्यावहारिक उपायहरुबारे जानकारी दिइएको थियो । कार्यक्रमले उपमहानगरपालिका क्षेत्रभित्र खाद्य स्वच्छता र स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने आयोजक उपमहानगरपािलको विश्वास रहेको छ ।

उक्त कार्यक्रममा जीतपुरसिमरा क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds