साविक विजेता चर्च व्वाइजलाई पराजित गर्दै सिराहा सेमिफाइनलमा

साझेदारी दैनिक
434 पाठक संख्या

जितपुर सिमरा गोल्डकपको साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा आइतबार राति भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा सिराहाले गोल गरेको हो । उसले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित हासिल गरेको हो ।

खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले बललाई जाली चुमाउदै अग्रता दिलाएका थिए ।

सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल गर्‍यो । चर्च व्वाईजका राजेश परियारले गोल गरेका थिए ।

केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईजपुनः २–१ गोल अन्तरले पछाडी पर्‍यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो ।

खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बलगोलमा परिणत भएको थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।

शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका हुन् । सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ ।

Leave a review