विक्रम संवतको नयाँ बर्ष २०८२ को स्वागत गर्न सम्पूर्ण तयारी पुरा

साझेदारी दैनिक
455 पाठक संख्या

कलैया :बारामा विक्रम संवतको नयाँ वर्ष २०८२ को स्वागतको लागि सम्पूर्ण तयारी पुरा भएको छ।

जिल्लाको १६ पालिकामा नयाँ बर्षको स्वागतको लागि सम्पूर्ण तयारी पुरा भएको हो।

नयाँ वर्ष मनाउनका लागी बाराका युवा युवतीहरु नेपालको प्रसिद्ध स्थलमा जाने तयारी गरेका छन्।

उनीहरु गाडी भाडामा लिएर नयाँ वर्ष मनाउन नेपालको प्रसिद्धस्थल मनोकामना,हेटौडाको सहीद स्मारक लगायतको स्थानमा जाने तयारी गरेका हुन्।

नयाँ वर्ष मनाउनका लागी बाराको प्रसिद्धस्थलहरुमा समेत भिड लाग्ने गर्दछ।

जिल्लाको चारकोशे झाडीस्थित सहजनाथ महादेव मन्दिर,गढीमाई मन्दिर,सिम्रौनगढ स्थित रानीवास मन्दिर,झरोखर पोखरी लगायतका स्थानमा नयाँ वर्ष मनाउनेहरुको घुईचो लाग्ने गर्दछ।

Leave a review