मच्छिन्द्र पुग्यो सेमिफाइनलमा

साझेदारी दैनिक
419 पाठक संख्या

विभागीय टोली त्रिभुवन आर्मी लाई पराजित गर्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमाप्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा मंगलबार राति भएको खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० ले पराजित गरेको हो ।

खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले मच्छिन्द्रको लागि एक मात्र निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा लिम्बु मैदान प्रवेश गरेका थिए ।

लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए । सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्तीमगरको पासमा लिम्बुले डिबक्स बाहिरैबाट बललाई जालि चुमाएका थिए ।

मच्छिन्द्रको प्रयासलाई रोक्न डि–एरिया बाहिर आएका आर्मीका गोलरक्षक कुथुलाई छक्याउदै बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए । राष्ट्रिय टिमका चर्चित अनुहारहरु सिमरा रङ्गशालामा उत्रँदा रङ्गशालामा पाँच हजार दर्शकहरुको उपस्थिति थियो ।

खेलको म्यान अफदि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबकाविच खेल हुनेछ ।

Leave a review