धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
329 पाठक संख्या

कलैया :” बाराको कलैयामा धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बाराको कलैयामा रहेको उद्योग वाणिज्य संघ बाराको सभाहलमा शुक्रबार एक कार्यक्रम बिच संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो। “ सहकारीको दोगोपन : स्वनियम तथा सुशासन“ भन्ने मूल नाराका साथ साधारण सभा गरेको हो।

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेशराय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि संस्थाका वरिष्ठ सदस्य श्री निवास राउत अहिरले पानसमा बत्ती बाली सभाको उद्घाटन गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ६९ लाख ७४ हजार ५ सय ६७ रुपैयाँ ६९ पैसा बचत संकलन गरेको छ। चालू आर्थिक वर्षमा १३ करोड १ लाख ३७ हजार ८० रुपैयाँ ९५ पैसा लगानी गरिएको संस्थाका अध्यक्ष यादवले जानकारी दिएका छन्। यस आर्थिक वर्षमा ५५ लाख ३१ हजार ५ सय ६ रुपैयाँ ८७ पैसा नाफा भएको उनले जानकारी दिए। सहकारीमा महिला ४ सय ६९ र पुरुष १ हजार ३ सय १९ जना गरि कुल सदस्य१ हजार ७ सय ८८ जना रहेको अध्यक्ष यादवले जानकारी दिएका छन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै ऋण समिति सदस्य दिपेन्द्र कुशवाहाले बचत तथा सम्पुर्ण प्रक्रिया पूरा गरेर सहकारीमा ऋण लिन आउन आग्रह गरेका छन्। बचत र ऋणलाई नियमित तिरेपछि संस्था बलियो हुने समेत उनले बताएका छन्।

उक्त कार्यक्रममा सदस्य भोला सर्राफ,सहकारी संस्थाका शेयर सदस्य,ऋणी,समाजसेवी,बुद्धिजीवी तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे । सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजकुमार साहले गरे। कार्यक्रमको संचालन सचिव निवेशकुमार तिमिल्सिनाको थियो।

Leave a review

This will close in 0 seconds