बारा प्रहरीले अवैध रेडिमेड भेष्ट एक सय ८२ पिस बरामद गरेको छ ।
प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ भरतचौकमा पिलुवाबाट कलैयातर्फ आउदै गरेको ना २ ह ४७४९ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा उक्त अवैध रेडिमेड भेष्ट एक सय ८२ पिस बरामद गरेको हो ।
बरामद गरेको अवैध रेडिमेड भेष्ट टि–सर्टको कुनै बिल नभएको अन्दाजी मूल्य ९१ हजार पाँच सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
उक्त रेडिमेड भेष्ट टि–सर्टलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

