मधेसमा नौ प्रतिशतले गराउछन् जीवन बिमा

राम मण्डल
252 पाठक संख्या

मधेश प्रदेशमा जीवन बिमाको पहुँच एकदमै न्युन रहेको देखिएको छ ।

जनचेतना र बिश्वशनीयताको अभावमा जीवन वीमामा पहुँच कम भएको पाइएको हो ।

नेपाल बिमा प्राधिकरणले बिहीबार वीरगञ्जमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

जीवन बिमाको पहुँच मधेसमा निक्कै कम रहेको सो कार्यक्रममा जानकारी गराइएको थियो ।देशभरिमा ४४ प्रतिशतले बिमा गराएका छन् ।

मधेसमा भने नौ प्रतिशत जनताले मात्रै जीवन बिमा गराएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिएका हुन् ।

मधेसमा आम नागरिक सम्म बिमाको पहुँच पुग्न नसक्नुमा जनचेतना र बिश्वशनीयताको कमि भएको उनले बताए । बिश्वशनीयता कायम गर्न सके विमाको विकास गर्न सकिने कुरा उनले बताए।

एक डेढ बर्ष अघिसम्म नेपालमा ४२ वटा जीवन बिमा कम्पनीहरु सेवा दिदै आएका थिए । अहिले मर्ज भएर केही घटेको सिलवालले बताए ।

जीवन बिमाको लागि पाँच अर्ब र निर्जिवन बिमाको लागि दुई अर्ब पचास करोड चुक्ता पूँजी पुर्‍याएपछि बिमा कम्पनीहरु मर्ज भएको बताएका थिए ।

मर्ज भएपछि बिमा कम्पनीको क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा पनि कम हुदै समन्वय कायम भएको सिलवालले बताए ।

सो अन्र्तक्रिया कार्यक्रममा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a review