मत्स्य व्यावसायीहरुले डिजिटल काँटाको अनिर्वाय प्रयोग गर्नुपर्ने

साझेदारी दैनिक
934 पाठक संख्या

बारामा अवदेखी माछा विक्रेताहरुले डिजिटल काँटा तराजुको अनिर्वाय प्रयोग गर्नुपर्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय बारामा मंगलवार वसेको सरोकारवाला निकायहरुको वैठकले मत्स्य व्यावसायमा संलग्न व्यावसायीहरुले ढक तराजुबाट खरिद विक्रिमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासनमा भएको छलफलमा व्यावसायीहरुले वास्तविक तौलको तुलनामा उत्पादककर्तालाई(ढाल्टा) कम लौतको भुक्तानी गर्ने परम्परालाई वन्द गर्दै अवदेखी अनिवार्य रुपमा डिजिटल काँटा अनिवार्य प्रयोग गर्नुपर्ने निणर्य गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रतिनिधी, मत्स्य व्यावसायी जिल्ला संघ प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधी, सुपरजोर कार्यक्रमका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय प्रतिनिधी, उद्योण वाणिज्य संघका प्रतिनिधी, तथा व्यावसायीहरुको सहभागितामा भएको वैठकले यस्तो निणर्य गरेको हो ।

यसैगरी वैठकले मत्स्य व्यावसायी संघ बाराका अध्यक्ष वीरेन्द्र प्रसाद चौधरी संयोजक रहने गरी ६ सदस्यीय जिल्ला अनुगमन समिति समेत गठन भएको छ । अनुगमन समितिको सदस्यहरुमा उद्योग वाणिज्य संघको प्रतिनिधी, जिल्ला सहकारी संघको प्रतिनिधी, सुपरजोन संचालन समन्वय समितिका प्रतिनिधी, मत्स्य व्यावसायी र सम्वन्धीत ईलाका प्रहरी कार्यालयका प्रमुख रहने निणर्य गरिएको माछा सुपरजोर कार्यालयका प्रमुख डा.सुरेन्द्र यादव जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds