चाडपर्व लक्षित यात्रु सहायता कक्षको ट्राफिक प्रमुखद्वारा निरीक्षण

साझेदारी डेलि
27 पाठक संख्या

वीरगञ्ज । चाडपर्वका बेला यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन सञ्चालन गरिएका यात्रु सहायता कक्षको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट निरीक्षण गरीएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहीबार पर्सा पुगेर जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले स्थापना गरेका यात्रु सहायता कक्षको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा बस्नेतले सहायता कक्षको सञ्चालन अवस्था, कार्यसम्पादन तथा यात्रुलाई उपलब्ध गराइने सेवाबारे जानकारी लिएका थिए। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सवारी आवागमन व्यवस्थित बनाउने, यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा उनले चासो राखेका थिए।

अनुगमनको उद्देश्य सम्बन्धित क्षेत्रको वस्तुस्थिति बुझ्नुका साथै कार्यसम्पादन र सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा उत्तरदायी बनाउनु रहेको जनाइएको छ। निरीक्षणका क्रममा देखिएका विषयको समीक्षा गर्दै आवश्यक सुधार, सम्बन्धित निकायबीच समन्वय र निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।

चाडपर्वलाई लक्षित गरी स्थापना गरिएका यात्रु सहायता कक्षबाट यात्रुले यात्राका क्रममा भोग्ने समस्या समाधान तथा आवश्यक सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a review