योजनाको विषयलाई लिएर पूर्वाधार विकास कार्यालय रौतहटमा नेपाली काँग्रेस नेता तथा कार्यकर्ताहरुले ताला लगाएका छन ।
सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार विकास कार्यालयका कर्मचारी माथी कमिसनको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी समेत गरेका हुन ।
निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद पक्ष र बर्तमान मन्त्री सरोज कुमार यादवको कार्यकर्ताबिच भएको अडानको कारण पूर्वाधार विकास कार्यालय रौतहट विवादमा तानिएको छ ।
योजनाकै बिषयमा दुईदल बिच भागबण्डाको सहमती नहुँदा विवाद उत्पन्न भएको हो । यो विषमा नेपाली काँग्रेस पार्टीले जिल्ला समन्वय समिति रौतहटमा ज्ञापनपत्र समेत बुझाएको छ ।
काँग्रेसले ज्ञापनपत्र काँग्रेसले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गरेका थिए। आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत रौतहट जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिई रहेको आरोप लगाएको छ ।
यस्तै यस अघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण योजना सबै योजना हाम्रो पालामा आएको हो,त्यो सबै योजना हामीले भने अनुसारको हुनुपर्ने काँगे्रसले अडान राखेको छ ।
यता नवनियुक्तमन्त्री सरोज कुमार यादव पक्षले कांग्रेस नेताको निकट भएको योजना छ भने उहाँहरू लाई दिनुस् बाँकी योजना हामीले भने अनुसार हुनुपर्ने अडान लिएका छन्।
भौतिक पूर्वाधार विकास कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले भने यो समस्याको समाधान दुबैदलका नेता बसेर टुंगो लगाउन आग्रह गरेका छन । कांग्रेसका नेताहरु बलपूर्वक कार्यालयमा तालाबन्दी गरेर झुठा आरोप लगाएको ठाकुरले भनाई छ ।
सडक डिभिजनसंग सम्बन्धित झण्डै २० करोड रुपैयाँको योजना बितरण गर्न बाँकी रहेकाले दुवै दलका नेताहरु प्रदेश स्तरमै बसेर सहमती गरेर काम अगाडी आग्रह गरेका छन ।


