अमृता अनाथालयका बालबालिकालाई गरियो कपडा वितरण

साझेदारी दैनिक
429 पाठक संख्या

बारा : भारतको ७६ औ स्वतन्त्रता दिवसको अवसरमा शनिबार अमृता अनाथालय कलैयाका १७ जना बालबालिकाहरुलाई कपडा बितरण गरिएको छ ।

नेपाल भारत मैत्री संघ कलैया बाराको आयोजनामा उक्त कपडा वितरण गरिएको हो ।

महाबाणिज्य दुताबास वीरगञ्जका कन्सुलर सतिषले एक कार्यक्रमका बीच अमृता अनाथालयका बालबालिकाहरुलाई कपडा बितरण गरेका हुन ।

उनीहरुलाई कपडा,जुत्ता तथा मिठाई समेत बितरण गरिएको छ।

नेपाल भारत मैत्री संघ कलैया बाराका अध्यक्ष हिरालाल साहको अध्यक्षतामा भएको कपडा बितरण कार्यक्रममा संघका सल्लाहकार जंगबहादुर यादव,जिल्ला कोषाअध्यक्ष वृजकिशोर साह, सदस्य सत्यनारायण साह,पवन अग्रवाल,किशोरी राम,उसीदिन अंसारी,अमृताअनाथालयका सञ्चालिका फुलमति बस्नेत,गोवद्र्धन बस्नेत लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds