नेशनल मेडिकल कलेजका एमडी र ल्याब ईञ्चाजको बयान लिइन्छ –पर्सा एसपी

साझेदारी दैनिक
साझेदारी दैनिक 87 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजका एमडी र ल्याब ईञ्चार्जको बयान लिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताएका छन् ।

प्रहरीले पक्राउ पनि गरेका मुद्दा पनि चलाएकोले आफुहरुको लागि मानिस नभई कानुन ठुलो भएकोले कानुनी रुपले कारवाही अघि बढाउने प्रउ ढुंगेलले जानकारी दिए ।

कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि पक्राउ परेकै दिनदेखि कलेजका एमडि र ल्याब ईन्चार्ज साह प्रहरी हिरासतमा एक दिन पनि बसेका छैनन् ।

पक्राउ परेकै दिन स्वास्थ्यमा समस्या भएको भन्दै एमडि अन्सारी र ल्याब ईन्चार्ज साह नारायणी अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको भोलि पल्टि नै दुबैजना नारायणी अस्पतालबाट पनि रेफर गराएर सुबिधा सम्पन्न वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए ।

नेशनल मेडिकल कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि कलेजका एमडि शहनवाज अन्सारी र ल्याब ईन्चार्ज सञ्जय साहलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

बितेको चैत २६ गते कलेजमा पुगेको अनुगमन टोलीले अनुगमनको क्रममा म्याद गुज्रिएको केमिकल भेटेपछि पक्राउ गरिएका एमडि अन्सारी र ल्याब ईन्चार्ज साह बिरुद्ध प्रहरीले कालोबजारी मुद्दा चलाएको थियो ।

कालो बजारी मुद्दा नै चलेपनि पछि दुबैजना छुटेका थिए । उक्त मुद्दामा अदालतले बितेको चैत २८ गतेका दिन दुबै जनालाई पाँच दिनको म्याद थप गरेको थियो ।

तर,प्रहरीले सोही राति हाजिरी जमानीमा दुबै जनालाई छाडेको थियो । यसरी अदालतले म्याद थप गरेको भएपनि प्रहरीले अभियुक्तहरुलाई हाजिरी जमानीमा छाडेपछि आम मानिसहरुको प्रहरीमाथि शंका उब्जेको छ ।

सामान्य मानिसले सानो गल्ती गरेकै भरमा थुनामा राख्न समेत पछि नपर्ने प्रहरीले किन नेशनल मेडिकल कलेजका एमडि अन्सारी र ल्याब ईन्चार्ज साहलाई छाडिदियो भन्ने कुराले सानालाई ऐन ठुलालाई चैन भन्ने कुराको पुष्टि त गरेका छैन भन्ने प्रश्न पनि वीरगञ्जमा जनस्तरमा सर्वसाधारणको मनमा उठेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review