स्वास्थ्य संस्थाहरुको समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (सिबिआइएमएनसिआई) कार्यक्रमको समीक्षा तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा ईनर्वाशिरा स्वास्थ्य चौँकीमा स्वास्थ्यकर्मीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको छ ।
सिबिआइएमएनसिआई कार्यक्रमको समीक्षा गर्दै बालमृत्युदर घटाउन अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । निमोनिया, डायरिया,कुपोषण,दादुरा र मलेरियाजस्ता बालमृत्युदर बढाउने रोगहरुबाट जोगाउन अपनाउनुपर्ने रणनीतिबारे प्रस्तुति दिइएको थियो ।
नवजात शिशुको हेरचाह,बच्चा जन्मदा अपनाउँनुपर्ने सावधानीहरु र बच्चाको सुरक्षित जन्मान्तरण लगायतको बिषयमा स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको हो ।


