एक लाख तेईस हजार नेपाली नक्कली रुपैयाँ सहित वीरगञ्जबाट दुई जना पक्राउ

राम मण्डल
694 पाठक संख्या

एक लाख तेईस हजार नेपाली नक्कली नोट सहित पर्सा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत बस्ने ३० बर्षिय क्यामुदिन मियाँ र बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुनलाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघरस्थित शँकास्पद रुपमा हिडिरहेका दुबैजनाको प्रहरीले खानतलाशी गरेको थियो।

खानतलाशीको क्रममा हलिमाको साथबाट एक हजार दरका नक्कली नेपाली नोट एक सय २२ थान र मियाँको साथबाट एक थान बरामद भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Leave a review