Sajhedari Daily
Latest News from Nepal

शहरी विकासको योजनाबाट निर्माणाधीन नालाको निरीक्षण

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले विभिन्न वडाहरुका योजनाहरुको बुधवार अवलोका तथा निरीक्षण गरेका छन ।

नगरप्रमुख यादव सहितका टोलीले उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर १२ मा शहरी विकास मन्त्रालयद्धारा संचालित योजनाको निर्माण भैरहेको नालाको निरीक्षण गरिएको हो ।

नगर प्रमुख यादवले वडा नं. १२ धर्मनगरमा शहरी बिकासको योजनाबाट भैरहेको नाला निर्माणमा समस्या परेको हुदा सामुदायिक अनुगमन गरेर वडा अध्यक्ष र इन्जिनियर राखेर सामुहिक छलफल गरेर समस्या समाधान समेत गरेका थिए।
उक्त अनुगमनमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजेश्वर केशरी, शहरी विकासका इन्जिनियरहरु र स्थानीय बासिहरुको सहभागीतामा रहेको थियो ।

यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ४ रामपुर (डोम बस्ति) मा कलैया उपमहानगरपालिका र लुमन्ती आवासको लागि सहयोग समूहको संंयुक्त सहयोगमा निर्माण भैरहेको घरहरुको समेत बुधवार नगरप्रमुख यादवले अनुगमन तथा निरीक्षण गरेका छन ।

कलैया उपमहानगरपालिकाको १५ लाख ९० हजार तथा लुमन्तीको ६५ लाख गरी कुल ८० लाख ९० हजारको लागतमा कुल ५३ ओटा घरहरु उक्त वस्तीमा निर्माण कार्य भैरहेको छ ।

निरीक्षणमा कलैया उपमाहानगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष जट्टाशन्कर सहनी, लुमन्ती आवासको लागि सहयोग समुहका फिल्ड संयोजक अब्दुल कैश , लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डल, सुर्यराज पासवान लगायतको सहभागिता रहेको थियो।

Comments are closed.