विद्यार्थी संख्याको अनुपतमा दरबन्दीको माग गदै आजपाद्वारा प्रर्दशन

साझेदारी दैनिक
289 पाठक संख्या

प्रभु साह नेतृत्वको जनता पार्टी (आजपा)ले मधेसका सामुदायिक विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बाराको कलैयामा आज आइतबार प्रर्दशन गरेको छ ।

पार्टीले मधेसका जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपतमा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै आन्दोलन गरेको हो । पार्टीले बारा,पर्सा सहित मधेश सवै जिल्लाहरुमा प्रर्दशन र ज्ञापनपत्र बुझाएको छ ।

मधेसको शिक्षा धराशायी हुदै गएको,पहाड र मधेसको तुलना गर्दा मधेसका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी र पदपूर्ती असमान रहेको भन्दै आजपाले प्रर्दशन गरेको पार्टीले जनाएको छ ।

आम जनता पार्टीका नेता–कार्यकर्ताले आज आइतबार बाराको कलैयामा प्रदर्शन गर्दै बाराका प्रमुख जिल्ला अधिकारीमार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिएका छन ।

पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक लामा,केन्द्रीय महासचिव त्रिभुवन साह,केन्द्रीय सचिव एंव मधेस प्रदेश अध्यक्ष कुशवाहा,विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह,आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव लगायतको सहभागितामा ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्रमा शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नुपर्ने,विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको दरबन्दी कायम गरी पदपूर्ती गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

पार्टीले शिक्षा सम्बन्धी विभिन्न माग राख्दै यही बैशाख २५ देखि ३० गतेसम्म मधेसका हरेक जिल्लामा संघर्ष समिति गठन गर्ने,बैशाख ३० गते विद्यार्थी र अभिभावकसंग अन्तरकृया गर्ने,जेठ १५ गते शिक्षा समन्वय ईकाई समितिको कार्यालय घेराउ गर्ने र जेठ २० गते शिक्षा विभाग घेराउ गर्ने लगायतका कार्यक्रम समेत भएको केन्द्रीय उपाध्यक्ष लामाले साझेदारी दैनिकलाई बताएका छन ।

Leave a review