बारा प्रहरीले लाखौं रुपैयाँको सामान बरामद गरेको छ । यसै क्रममा उसले तीन लाख ९० हजार छ सय रुपैयाँ बराबरको अबैध सामान सहित पिकअपलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा अबैध सामान सहित पिकअपलाई नियन्त्रणमा लिएको हो ।
उक्त पिकअपबाट बिल भरपाई नभएको सामानको स्रोत खुलाउन नसकेको अन्दाजी तीन लाख ९० हजार छ सय रूपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजस्थित सर्लाहीबाट नारायणगढ तर्फ जादै गरेको बा ००१ ख २८८५ नम्बरको यात्रु बहाक बसमा लोड रहेको सेन्डो भेस्ट एक सय ८० पिस अन्दाजी १८ हजार रूपैयाँ बराबरको बरामद गरेको हो ।
प्रहरीले निजगढबाट हेटौडा तर्फ जादै गरेको बा २१ च ८९९२ नम्बरको पिकअपमा लोड गरेको २ हजार ५ सय किलो पाउडर दूध अन्दाजी दुई लाख ८२ हजार पाँच सय रूपैयाँ बराबरको बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं.१ कान्तिपुर स्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्यादै गरेको सिपियु पाँच थान अन्दाजी मूल्य रू. ७५ हजार रूपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं.३ मुसहर्वा स्थित ना २८ प ७८०२ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको भन्सार छलीका सामान चिनी १ सय किलो,रिफाईन तेल १ कार्टुन,बिस्कुट २ कार्टुन,लुगा धुने सरफ १० किलो,चामल १ बोरा गरी अन्दाजी मूल्य रू.१५ हजार १ सय रूपैया बराबरको सामान बरामद गरेको छ ।
अबैध सामानसहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


