राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन जीतपुरसिमराले साना किसान शिक्षा सद्न बिद्यालय रजघट्टामा हाजरीजवाफ प्रतियोगिता गरेको छ । सो प्रतियोगितामा लोटस एकेड्मी सिमरा प्रथम भएको छ ।
१९ विद्यालय सहभागि सो प्रतियोगितामा द्धितीय स्थान न्यु एकता एकेड्मी सिमरा र तृतीय स्थान सिमरा पब्लिक ई.बो.स्कुलले प्राप्त गरेका थिए ।
राष्ट्रिय बिभुती शिक्षा सदन डुमरबानाका साहयक प्रधानध्यापक किशोर श्रेष्ठका अनुसार सानाकिसान शिक्षा सदन बिद्यालयको सहकार्यमा सो प्रतियोगिता भएको हो ।
जीतपुरसिमरा उपमहानगर स्तरीय प्रतियोगितामा प्रथम ,द्धितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई साना किसान शिक्षा सद्न बिद्यालयका अध्यक्ष बिदुर खड्का,एन प्याबसनका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष अनिल तिबारी र राष्ट्रिय बिभुती शिक्षा सदनका कार्यकारी निर्देशक श्यामकुमार भट्टराई लगायतले शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए ।
हाजरीजवाफ प्रतियोगितामा सामान्य,श्रब्य र चित्र देखाएर प्रश्न गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा भएको प्रतियोगिता साना किसान शिक्षा सद्नका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको हो ।

