जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझ बढेको छ–पोलिटब्युरो सदस्य पौडेल

साझेदारी दैनिक
406 पाठक संख्या

नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले ३१ औ मदन–आश्रित स्मृति दिवसको अवसरमा डुमरबानामा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

पौडेलले मदन–आश्रितले देखाएको बाटोमा सबै अगाडी बढ्न सके मुलुक समृद्ध बन्ने बताए । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिलेको सन्दर्भमा अझै सान्दर्भिक रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीका सदस्यहरू सुन्दर बिक,किशोर शर्मा,चयन गुरुङ जिल्ला कमिटी उपसचिव भावना आचार्य लगायतले मदन आश्रित प्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।

जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण त्रिलोकविक्रम ठकुरीको थियो । स्वागत झपेन्द्र बरालकोे थियो।

Leave a review

This will close in 0 seconds