छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबु पक्राउ

साझेदारी दैनिक
638 पाठक संख्या

रञ्जन यादब/
छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
प्रसौनी गाउँपालिका बस्ने अनदाजी २७ बर्षिय छोरी र १२ बर्षिय नातिनीलाई बुवाले जबरजस्तीकरणी गर्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओम प्रकाश यादव सहितको टोलीले ४५ बर्षिय बुवा फरार रहेको अवस्थामा हिजै पक्राउ गरेको थियो ।

पिडित अनदाजी २७ बर्षिय छोरीको श्रीमानको करिब तीन बर्ष पहिले बिदेश रोजगारबाट फर्केपछि उनको मृत्यु भएको थियो । पिडित पक्षले आज उजुरी लिएर मुदा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय कार्यालय बारा पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादबले मुद्धा दर्ताको प्रक्रियामा रहेको बताउँनुभयो । पिडितसँग अहिले सोधपुछ हुन बाँकी रहेकाले यथार्थ बिवरण सोधपुछपछि मात्र दिन मिल्ने जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds