जीतपुसिमरा उपमहानगरपालिकाको सिमरा स्थित सिमरा विमानस्थल अगाडी नालाको रडमा छेडिएर बिहीबार एक बालक घाईते भएका छन् ।
एक आठ वर्षिय बालक घाइते भएका हुन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने प्रितराज गिरी रहेका छन् ।
विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो । नालाको रडले बालकको पेटमा छेडेको छ ।
बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ । घटनालगत्तै स्थानीयले बालकलाई अस्पताल लगेका थिए । बालक थानीमाई आधारभूत विद्यालयको विद्यार्थी रहेको बुझिएको छ ।
नाला निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना भएको हो । नालाका लागि बनाइएको ढलानमा रड नछोपिएको र बालक खेल्ने क्रममा लडेर उक्त रडमा छेडिन पुगेको स्थानीयले जानकारी दिएका छन् ।

