बारामा पनि नेपाल मोबाइल व्यवसायी संघ जिल्ला कमिटी गठन गरिएको छ ।
मोबाइल खरिद बिक्रीको कारोवार गर्दै आएका व्यवसायीहरुको विहीवार सिमराको होटल श्रेष्ठ रेसिडेन्सीमा सम्पन्न भेलाले जीवन शर्मा पौडेलको अध्यक्षमा १४ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा गणेशप्रसाद साह,महासचिवमा श्रीराम पौडेल,सचिवमा रितेश सर्राफ,कोषाध्यक्षमा राजन तिमिल्सिना,सहकोषाध्यक्षमा सोनुकुमार शर्मा चयन भएका छन् ।
यसैगरी सदस्यमा सोनु सर्राफ,अर्जुन गुप्ता,राधा खत्री,विकास साह, बब्लु अंसारी,सञ्जय चौधरी,शिव न्यौपाने र उत्तम चौधरीलाई चयन गरिएको छ ।
नेपाल मोबाइल व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष एवम् सिमरास्थित सुरक्षा मोबाइलका संचालक मोहन कार्कीको अध्यक्षता तथा केन्द्रीय सदस्य दिनेश लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।


