नौतन किङ्गसद्वारा नौतन प्रिमियरको उपाधिमाथि कव्जा

साझेदारी दैनिक
363 पाठक संख्या

परवानीपुर : नौतन प्रिमियर लिगको उपाधि माथि नौतन किङ्गसले कव्जा गरेको छ। उसले शनिबार उपाधिको लागि भएको भिडन्तमा नौतन रोयल्सलाई ९९ रनको विशाल अन्तरले पराजित गरेको हो।

बाराको परवानीपुर गाउँपालिका वार्ड नं ५ गण्डक चौक नजिकको क्रिकेट मैदानमा भैरहेको सो खेलमा नौतन किङ्गसले २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। जवाफि व्याटिङ्गमा ओर्लेको नौतन रोयल्सले सबै विकेट गुमाएर ८० रन मात्र जोडन सकेको थियो।

नौतन प्रिमियर लिगका विजेता टिम नौतन किङ्गसलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस बारा निर्वाचन छेत्र नं ४ ख का सभापति लोकेश सिंहले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए। सो लिगमा बेस्ट ब्यासमान धिरज साह घोषित भए।

बेस्ट बौलर राजकुमार सिंह, बेस्ट फिल्डर हरि शंकर साह,इमर्जिङ प्लेयर विशाल दास घोषित भए। म्यान अफ दि सिरिज गोबिन्द केशरी तथा म्यान अफ दि म्याच गोबिन्द केशरी लाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो।

समापन समारोहका विशिष्ट अतिथिहरूमा इन्स्पेक्टर सुरेशराज भट्ट,नेपाली काँग्रेस बाराका जिल्ला सदस्य प्रमोद सिंह,तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता,तरुण दल जिल्ला सचिव शुभनारायण गुप्ता,सह सचिव हरिओम पटेल,सदस्य सुनिल पटेल,समाजसेवी मोहन दास,समाजसेवी रामनारायण साह,हरिशंकर गुप्ता रहेका थिए।

उक्त अवसरमा टिमका ओनरहरु राजेश ठाकुर,योगेन्द्र गुप्ता,गणेश साह,रोशन गुप्ताको उपस्थिति रहेको थियो।

खेलका आयोजकहरु हरिशंकर साह,धिरजकुमार साह,विवेक गुप्ता,सचिन गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds