प्रेस मञ्च बाराका अध्यक्ष यादव नेपाल प्रेस युनियनमा प्रवेश

संदिप प्रसाद यादव
416 पाठक संख्या

प्रेस मञ्च बाराका अध्यक्ष पवन यादवले नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् ।

बाराको सदरमुकाम कलैया स्थित श्री सिदेश्वर मन्दिरको प्राङ्गणमा शुक्रवार एक कार्यक्रमका बीच उनी नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट प्रेस मञ्च प्रती असन्तुष्टी जनाउँदै प्रेस युनियनमा प्रवेश गरेको यादवले बताए ।

उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका छन् ।

उक्त अवसरमा प्रेस युनियन बाराका समावेशी उपाध्यक्ष अनिल साह,कोषाध्यक्ष अरुण साह,सचिव राजेश कुशवाहा,सदस्य प्रभु यादव,राहुल गुप्ता,विनय राज शर्मा,नुर आलम बादसाह,संदिप यादव एवम् पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

उनी विगत लामो समयदेखी प्रेस युनियनकै संगठनमा आबद्ध रहेका थिए । केही वर्ष अगाडि उनी प्रेस मञ्चमा प्रवेश गरेका थिए ।

प्रेस मञ्च परित्याग गरि फेरि उनी आफ्नौ संगठनमा फर्केका छन् ।

Leave a review