बारा प्रहरीले बाराको सदरमुकाम कलैया ४ बाट एक बालिकालाई सुधारगृह पठाएको छ ।
पटक पटक लागु औषध सेवन गरी समाजमा विकृतिजन्य कृयाकलाप गरिरहेको जनाउदै प्रहरीले उनलाई सुधारगृह पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा अनुसार कलैया उप–महानगरपालिका वडा नं.४ बसोबास गर्ने अन्दाजी वर्ष १४ की बालिकाले पटक पटक लागू औषध सेवन गरी गाँउ समाजमा अनेकौ विकृतिजन्य गतिविधिहरू गरेकोमा निज बालिकालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।
स्थानीय वडा पालिका र सुधार केन्द्रको सहयोगमा ति बालिकालाई आइतबार चितवन स्थित सुधार केन्द्रमा पठाइएको प्रहरीले जनाएको हो ।


