वीरगञ्ज महानगरपालिकाबाट २६ लाख आठ हजार चार सय ९० रुपैयाँ बराबरको औषधी,कपडा तथा मोबाइलका पार्टसहरू पर्सा प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका १६ ईदगाह चोक स्थित सडकखण्डबाट उक्त परिमाणको सामानहरु प्रहरीले बरामद गरेको हो ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी केशरकुमार न्यौपानेले साझेदारी दैनिकलाई बताए ।
पक्राउ परेका सामानहरु आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।


