बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

संदिप प्रसाद यादव
35 पाठक संख्या

बारा । बारा जिल्लामा यस वर्ष शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सम्पन्न भएको हो।

यस वर्ष जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको थियो,समयमै पर्याप्त वर्षा भएकाले लक्ष्य भन्दा भढी ४६ हजार हेक्टरमा धान रोपाइँ सम्पन्न भएको प्रमुख साहले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षमा बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा सुख्खाको कारण ४५ हजार ९९ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो। यो लक्ष्यको करिब ९८ प्रतिशत भएको उनले जानकारी दिए । प्रमुख साहका अनुसार यस वर्ष भने पर्याप्त वर्षाका कारण किसानले समयमै धान रोप्न पाएपछि रोपाइँ शतप्रतिशत पुगेको हो ।

Leave a review

This will close in 0 seconds