दुई तीनदिन दिनदेखी अत्याधिक तापक्रम बढ्दा बारा जिल्लासहित मधेश प्रदेशमा जनजीवन कष्टकर बनेको छ ।
तापक्रम बढेसँगै तराई भेगका अधिकांश जिल्लाहरुमा अत्याधिक तापक्रम बढेको छ । मधेश प्रदेशका बारा,पर्सा,रौतहट सहित अन्य सवै जिल्लामा चर्को घाम र तातो हावाको लहर चलेको छ ।
केहीदिन सम्म अत्याधिक गर्मी र तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि नै सूचना निकालेर आईतवारसम्म तातो हावाको लहर चल्ने र तातो हावा चल्ने भएकाले सावधानी अपनाउन आग्रह विभागले आग्रह गरेको छ । अझैपनि तातो हावा चल्ने र अत्याधिक गर्मी हुने जोखिम कायमै विज्ञहरु बताउछन ।
आईतवार मधेश प्रदेशका जिल्ला सहित बारामा पनि धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आईतवार भैरहवा,जनकपुर,सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको विभे ।
अत्याधिक तापक्रम बढेर तातो हावा चल्दा मानिसहरुमा थकाइ महशुस हुने,अल्छि लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने,टाउको दुख्ने,खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,मांसपेशी दुख्ने,बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन थालेको स्थानीयहरु बताउछन ।
अत्याधिक गर्मीका कारण स साना बालबालिकाहरु र वृद्धवृद्धाहरुमा घाउ खटिर आउने,जिऊचिलाउने,घमौरा आउने जस्ता समस्या देखिएको बारा जीतपुरसिमरा उपमहनगरपालिका वडा नम्बर १७ का हरीशरण सापकोटाले बताएकाछन ।
अत्याधिक गर्मीबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्ने,पटकपटक पानी तथा जुस,सर्वत,पिउने,हल्का लुगा तथा सुती कपडा लगाउने,बाहिर निस्कँदा टाउको छोप्ने गर्न सवैलाई चिकित्सकहरुले सल्लाह दिएका छन ।

