मधेस प्रदेशले आफ्नै रेडियो र टेलिभिजन सञ्चालन गर्ने : अर्थमन्त्री यादव

साझेदारी दैनिक
370 पाठक संख्या

जनकपुर : मधेश प्रदेश सरकारले आफ्नो रेडियो र टेलिभिजन सञ्चालन गर्ने तयारी गरिरहेको मधेश प्रदेशका अर्थमन्त्री महेश यादवले बताएका छन्।

मिडिया काउन्सिल मधेश प्रदेशले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्। राष्ट्रिय सूचना आयोगको समन्वयमा धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कल्चरल भिलेजको सभाहलमा सो कार्यक्रम भएको हो। विश्वसनीय पत्रकारिताका लागि सूचनाको हक सम्बन्धी कानुनको उपयोगिता विषयक दुई दिवसीय गोष्ठी कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन्।

पत्रकारिता महत्वपूर्ण रहेको जनाए। प्रदेश सरकारले आफ्नै टिभी र रेडियो संचालन गर्नको लागि बजेट बिनियोजन गरेको अर्थमन्त्री यादवले उक्त कार्यक्रममा जानकारी दिएका हुन्। मधेश प्रदेशले एउटा छुट्टै किसिमको छलाङ्गहरु मारेको उनले दावी गरे।

आमसञ्चार प्राधिकरणका अध्यक्षसंग यस विषयमा बारम्बार छलफल भइरहेको उनले जनाए। यसलाई कसरी हामी तीब्र गतिमा बढाउन सक्छौं भनेर छलफल भइरहेको उनले जनाए। उक्त कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका सचिव दिर्घराज मैनाली र सूचनाको हकका लागि राष्ट्रिय महासंघ मधेस प्रदेशका अध्यक्ष डाक्टर अजय साहले प्रशिक्षण दिएका थिए। मैनाली र साहले सहभागीहरुलाई सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएका थिए।

मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो। राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्य,आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा,प्रेस स्वतन्त्रता सेनानी संघ मधेस प्रदेशका अध्यक्ष र केन्द्रिय सदस्य रामभरत साह, मधेस प्रदेशका ८ वटै जिल्लाका संचारकर्मीहरुको उक्त कार्यक्रममा सहभागिता रहेको रहेको थियो।

सो कार्यक्रममा स्वागत मिडिया काउन्सिलका सदस्य रिन्कुकुमारी मिश्रको थियो। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत ओमविक्रम कटुवालले गरेका थिए।

Leave a review

This will close in 0 seconds