नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवस कलैयामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम

संदिप प्रसाद यादव
359 पाठक संख्या

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसारमा बाराको कलैयामा सोमवार “वर्तमान अवस्थामा मिडियाको भुमिका र चुनौती” विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सदरमुकाम कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभा हलमा नेपाल प्रेस युनियन बारा शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष एवम बाराका संस्थापक सत्य प्रकाश श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले सो अवसरमा बोल्दै राजाको शासनमा समेत मिडियालाई आक्रमण नभएको तर केही दिनदेखी राज्यले नै मिडियालाई दबाउने प्रयत्न गरेको आरोप लगाएका छन ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल,बाराका संस्थापक एवम् अग्रज पत्रकार गुरुप्रसाद गौतम, सुजितकुमार अर्याल,भोजराज भट्टराई,पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,प्रदेश समितिका सल्लाहकार सिकेन्द्र पासवान,वयोवृद्ध पत्रकार रामेश्वर मेहता,पुर्वअध्यक्ष रबिन्द्र सिंह,युनियन प्रदेश समितिका सचिव सन्तोष पाण्डे,पत्रकार महासंघका पुर्वउपाध्यक्ष राकेश पाण्डे,पुर्वसचिव जयनारायण यादव,निवेश तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा प्रेस युनियन बारा शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, हालका अध्यक्ष रेशम तिवारी,युनियनका पुर्व जिल्ला अध्यक्ष रवीन्द्र सिंह र केन्द्रिय सदस्य गणेश रिजाल,युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,सचिव सन्तोष पाण्डे,सदस्य संजीव मिश्रा,गिरीराज ओलीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । भने प्रेस मञ्च त्याग गरि युनियनमा प्रवेश गरेका पवन यादवलाई स्वागत गरिएको युनियन बाराका कोषाध्यक्ष अरुणकुमार साहलेले बताएका छन ।

कार्यक्रममा प्रेस युनियन बाराका जिल्ला कार्य समिति सदस्य संदिप प्रसाद यादवले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव राजेश कुशवाहाले गरेका थिए ।

Leave a review