तराईको गर्मीमा पनि स्याउ फल्छ भन्दा अचम्म मान्नुपर्दैन ?

सन्तोष पाण्डे
597 पाठक संख्या

हिमाली जिल्लाहरुमा मात्र फल्ने स्याउ अब तराईका जिल्लाहरुमा पनि फल्न थालेको खबर सुन्दा तपाई हामी सवैलाई अचम्म लाग्दछ । तर बाराका एक किसानले स्याउ फलाएका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी रामस्वरुप पंडितले तराईको यो अत्याधिक गर्मीमा पनि स्याउ फलाएका हुन । उनले आप्mनै घरको छतमा स्याउको विरुवा लगाएर लटरम्म स्याउ फलाएका हुन ।

चिसो हावापानी भएको ठाउँहरुमा मात्रै स्याउखेती गर्न सकिन्छ भन्ने हाम्रो सोचलाई परिवर्तन गर्न जरुरी भएको छ । तराईको गर्मीमा स्याउखेती गर्न सकिने किसान रामस्वरुप पंडितले प्रमाणित नै गरिदिएका छन । तराईमा पनि व्यवसायीक रुपमा स्याउ गर्न सकिने संभावना देखिएको छ ।

किसान पंडितले आफ्नो घरको छतमा (हर्मन ९९) जातको दुई वटा स्याउको विरुवा लगाउनु भएको छ । प्राविधिक रुपमा टेष्टका लागि रोपिएको यी दुई वटा बोटमा लटरम्ब स्याउ फलेको देख्न सकिन्छ ।

यो जातको स्याउ करिब ४० देखि ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । टेष्टका लागि मात्र रोपिएको हुदा अब स्याउलाई व्यवसायीक रुपमा स्याउ खेती गर्न लागेको किसान पंडितले बताएका छन ।

भारतको हिमाचल प्रदेशबाट स्याउका बिरुवा ल्याएर रोपेका उनले अब आफै ग्राफ्टीङ(बेर्ना) तयार गरि आफु पनि लगाउने र अरुलाई पनि विरुवा विक्री वितरण गर्दै आएका छन ।

स्याउ रोपेको एक वर्षमा नै सबै केही फलहरु लगेको र अब दोस्रो बर्षमा लटरम्बै फल्न थालेको पंडितले बताए ।

सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास गरेनन् तर अहिले लटरम्म फलेपछि फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको किसान पंडितले साझेदारीलाई बताए ।

Leave a review

This will close in 0 seconds