प्रथम शोभावती शर्मा मेमोरियलमा ग्यालेक्सी पब्लिक स्कुलको कब्जा

साझेदारी दैनिक
917 पाठक संख्या

प्रथम शोभावती शर्मा “मा” मेमोरियल अन्तर स्कुल स्तरिय बास्केटबल प्रतियोगिताको उपाधीमाथी ग्यालेक्सी पब्लिक स्कुलले कब्जा गरेको छ ।

कलैयाको सिद्धेश्वरस्थित बास्केटबलको कोटमा सञ्चालन भैरहेको प्रतियोगितामा छात्र एवम छात्रा दुबै तर्फ ग्यालेक्सीले उपाधी माथि कव्जा गरेको हो ।

प्रतियोगिताको छात्र तथा छात्रा तर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालय स्कुल दोश्रो भएको छ । त्यस्तै प्रतियोगिताको पुरुष तर्फ बाल एकता बोर्डिङ स्कुल र महिला तर्फ ब्राईट ल्याण्ड बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार,मेडल,प्रमाणपत्र तथा ट्रफि वितरण गरिएको छ । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको आयोजक कलैया बास्केटबल क्लबका अध्यक्ष हरिओम साहले बताए ।

प्रमुख अतिथि समेत रहेका प्रमुख प्रशासकीय अधिकृत साहले उपमहानगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए ।

उनले उपमहानगरपालिकाले देश विदेशमा कलैयाको नाम फैलाउने खेलाडीका लागि बिशेष प्याकेज ल्याउने बताए । आयोजक समितिका अध्यक्ष साहले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखि सिक्ने थलोको रुपमा लिनुपर्ने बताए । हरेक वर्ष यस्ता प्रतियोगिताको आयोजना गरिने समेत बताए ।

प्रतियोगिता सञ्चालन गर्न कलैया उपमहानगरपालिका, टाईटल एक्स्पोन्सर डा. कौशल तिवारी,महालक्ष्मी विकास बैंक,न्यु ॐ किराना,नेशनल ईन्फोटेक कलेज वीरगंज,बिआईटी कलेज वीरगंज, ईडु सञ्जाल वीरगंजले सहयोग गरेको आयोजक कमिटिका बिबेक तिवारीले जनाएका छन् ।

तिवारीले प्रतियोगिता को बिजेता खेलाडीहरुलाई बिआईटी कलेज र एनआई कलेजले जर्सी उपलब्ध गराएको जनाए ।

उक्त समापन कार्यक्रममा महालक्ष्मी बैंक प्रसौनीका प्रमुख कुन्दनराज दास,ऋण शाखा प्रमुख राकेश कुश्वाहा,समाजसेवी रामकुमार शर्मा, सरोज साह,सुनिल कुशवाहा,हरेराम मेहता,समसाद मन्सूर,उमेश पटेल लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds