साना किसान कृषि सहकारी डुमरबानाको २७ औँ साधारणसभा सम्पन्न,३४ करोडको नाफा आर्जन

साझेदारी दैनिक
195 पाठक संख्या

साना किसान कृषि सहकारी सँस्था डुमरबानाको २७ औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो । मैनालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मैनालीले सहकारी अभियानले सबैलाई जोड्ने काम गरेको बताउँनुभएको छ । सहकारीहरु नभएको समयमा साहुमहाजनसँग चर्को ब्याजदरमा सर्बसधारणहरुले ऋण लिँदा भोगेका अपमानजनक ब्यवहार सम्झनुभयो ।

सहकारीले सबैसँग सहकार्य गर्नुपर्ने बानीको बिकाश गर्न सन्देश दिईरहेको जानकारी दिदैँ अनुशासित बन्न अनुरोध गर्नुभयो । उहाँले संस्थाको आय ब्यय सन्तुलनमा राख्न अनुरोध गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्था डुमरबानाले ८ हजार ४ सय २ जना शेयर सदस्यहरुबीच कारोबार गरी अषाढ मसान्तसम्ममा करिब ३४ करोड नाफा कमाउँन सफल भएको संस्थाका अध्यक्ष प्रदिप सिँह बरालले जानकारी दिनुभयो ।

साना कृषि सहकारी सँस्था डुमरबानाको कुल शेयर पुँजी ९ करोड ८२ लाख ८ हजार ३ सय रुपैया रहेको छ ।

संस्थाले ४ हजार ९ सय ५० जना ऋणी सदस्यहरुलाई करिब १ अर्ब १९ करोड ७० लाख ऋण लगानी गरेको छ ।

कार्यक्रम सञ्चालन सँस्थाका बरिष्ठ प्रबन्धक राजेन्द्र प्रसाद जमरकटेलले गर्नुभएको थियो ।

कार्यक्रमकाबिच उत्कृष्ट कारोबारी,बचतकर्ता,उत्कृष्ट कृषक,पशुपालक लगायतलाई बिभिन्न सामग्री प्रदान गरी सम्मान गरेको थियो ।

Leave a review

This will close in 0 seconds