एक सय सात वर्षीय बृद्ध गुबेरी साहको जस्ता लागेर मृत्यु

साझेदारी दैनिक
320 पाठक संख्या

पर्साको बिन्दबासीनी गाउँपालिकामा हुरीले उडाएर ल्याएको जस्ताले लागेर एक सय सात वर्षीय बृद्धको ज्यान गएको छ ।

पर्साको विन्दबासिनी गाउँपालिका वडा नम्बर २ गर्दौल टोल निवासी १ सय ७ वर्षीय बृद्ध गुबेरी साहको ज्यान गएको हो ।

बिहीबार राति आएको पानी सँगैको हुरीले उडाएर ल्याएको धारिलो जस्ता पाताले लागेर उनी घाईते भएका थिए ।

आफ्नै घरमा घाईते भएका उनको उपचारको लागि बाराको नौतनस्थित एल एस न्युरो अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।

हुरीले पर्साकै बहुदरमाई नगरपालिकामा घरको छानो खसेको थियो ।यस्तै रुख समेत ढलेको तर खासै क्षति भने नभएको उनले बताए ।बहुदरमाई नगरपालिकाको बिभिन्न टोलहरुमा घरको छानो उडाएको छ ।

Leave a review