Sajhedari Daily
Latest News from Nepal

तीन दिन देखि बेपता युवकको नदी किनारमा शब फेला

तीन दिन देखि बेपता रहेका पर्साका एक युवकको शब फेला परेको छ । जिल्लाको कालिकाई गाउँपालिका वडा नम्बर १ तिनडोबिया टोल वस्ने २६ वर्षीय एमामुल हुसेनको शब नदीमा फेला परेको हो ।

मृतक हुसेनको शब बुधबार बिहान ८ बजेको शब धोबिनी गाउँपालिका १ स्थित नदीको किनारमा भेटिएको हो । उनी जन्ती जान भनी तीन दिन अगाडि घरबाट गएका थिए ।

स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुचना पाउने बितिक्कै ईलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरी टोलीले शबलाई नियन्त्रणम लिई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए ।

मृतक हुसेनको आँखा निकालिएको ले कसैले हत्या गरेर फालेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी गराएको छ ।