विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

संदिप प्रसाद यादव
495 पाठक संख्या

विश्व वातावरण दिवसको अवसरमा लायन्स क्लब अफ कलैयाले सिद्धेश्वर खेल मैदानमा वृक्षारोपण गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित रहेको सिदेश्वर खेलमैदानमा लायन्स क्लब अफ कलैयाको आयोजनामा बुधबार एक कार्यक्रमको बीच वृक्षारोपण गरिएको हो ।

लायन्स क्लब अफ कलैयाका अध्यक्ष भरत अग्रवालको अध्यक्षतामा उक्त वृक्षारोपण कार्यक्रम भएको थियोे ।

सिद्धेश्वर खेलमैदान,मन्दिर,विद्यालय भित्र एक सय वटा अशोक,टिक जस्ता प्रजातीको बिरुवा रोपिएको लायन्स क्लबका उपाध्यक्ष सुभाष जैसवालले बताए।

उक्त कार्यक्रममा कोषाध्यक्ष वृजकिशोर साह,सचिव सुर्यजित सिंह,अजय सरार्फ,कलैया क्रिकेट क्लबका खेलाडी सुदिप चौधरी,क्लबका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds