बारामा बर्थिंङ्ग सेन्टरका लागि अत्यावश्यक पर्ने ७ लाख भन्दा बढीको सामग्री तथा उपकरणहरु बुधबार वितरण गरिएको छ ।
वान हार्ट वल्र्डवाइडको आर्थिक तथा प्राविधिक सहयोग,स्थानिय सरकारको समन्वय र जन जागरण युवा क्लब बाराको आयोजनामा संचालित मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्र्तगत उक्त उपकरणहरु वितरण गरिएको हो ।
जिल्लाको करैयामाई गाउँपालिका स्थित नरही स्वास्थ्य चौकी अन्तरगतको नरही बर्थिंङ्ग सेन्टरलाई २ लाख ५१ हजार ९ सय ९८ रुपैंया सुवर्ण गाउँपालिकाको कवही गोठ स्वास्थ्य चौकी अन्तरगतको कवहीगोठ बर्थिंङ्ग सेन्टरलाई रु ३ लाख ९ हजार १ सय ७० र देवताल गाउँपालिकाको पिप्राढी गोठ स्वास्थ्य चौकी अन्तरगतको पिप्राढी बर्थिंङ्ग सेन्टरलाई १ लाख ५० हजार ३ सय ६३ रुपैंया बराबरको उपकरण सामाग्रीहरु सहयोग स्वरुप वितरण गरिएको हो ।
यसका साथै देवताल गाउँपालिकालाई ग्रामीण अल्ट्रासाउण्ड मेशिन पनि सहयोग गरिएको जेजेवाईसिका कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी दिए ।
बर्थिंङ्ग सेन्टरमा अत्यावश्यक रहेको ग्रामीण अल्ट्रासाउण्ड,डेलिभरी बेड,ए.एन.सी. वेड,रेडियन्ट वार्मर,फ्रिज,अस्पताल बेड,अक्सिजन सेलिन्डर,सक व्यवस्थापन सेट,के.एम, सी.सेट, ड्रसिड. सेट तथा गर्भवती सुत्केरी जाँचका अन्य सामाग्रीहरु अकभिमुखिकरण कार्यक्रमका बिचमा वितरण गरिएको हो ।
ग्रामीण अल्ट्रासाउण्ड मेशिन बुझ्दै देवताल गाउँपालिकाका अध्यक्ष श्री उदय प्रसाद यादवले प्रप्त उपकरणको प्रयोग गरि समुदायका गर्भवतीहरुलाई निःशुल्क सेवा दिने तथा यसले आउने दिनहरुमा गर्भवती आमा र नवजात शिशुहरुको स्वास्थ्य सेवामा अर्थपूर्ण सुधार आउने विश्वास व्यक्त गरे ।
ति सामग्रीहरुको सुरक्षा,संरक्षण तथा सदुपयोगमा विशेष जोड दिइएको कार्यक्रममा सम्बन्धित पालिका प्रमुख,प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु तथा अन्य सम्बन्धित स्वास्थ्य कर्मचारीहरु साथै वान हार्ट वल्र्डवाइडको जिल्ला संयोजक उपेन्द्र कुमार सिंह,जेजेवाइसीका अध्यक्ष भैयाराम यादव,कार्यक्रम निर्देशक मनोज यादव,फिल्ड अधिकृत लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


