रसुवा बाढीपीडितलाई कांग्रेस बाराको २ लाख १ हजार सहयोग

साझेदारी डेलि
36 पाठक संख्या

कलैया । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि नेपाली कांग्रेस बाराले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। पार्टीको जिल्ला तहबाट संकलित रकम कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो।

कांग्रेस बाराले प्रारम्भमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। बाढीपीडितको आवश्यकता र विपद्को अवस्थालाई ध्यानमा राख्दै सहयोग रकम बढाएर २ लाख १ हजार रुपैयाँ पुर्‍याइएको जिल्ला कार्यवाहक सभापति मनोज भट्टले बताए।

भट्टका अनुसार जिल्लाबाट संकलित रकम अहिले केन्द्रीय कार्यालयको विपद् व्यवस्थापन कोषमा राखिएको छ। केन्द्रीय तहबाट संकलित रकमलाई एकीकृत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत हस्तान्तरण गर्ने तयारी गरिएको छ।

रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, राजनीतिक दल र व्यक्तिहरूले सहयोग जुटाउँदै आएका छन्। कांग्रेस बाराले पनि आवश्यकताअनुसार आगामी दिनमा थप सहयोग संकलन गरी प्रभावित परिवारसम्म पुर्‍याउने जनाएको छ। जिल्ला नेतृत्वका अनुसार प्रारम्भिक सहयोगसँगै बाढीपीडितको अवस्था र आवश्यकताको मूल्यांकन गरेर थप आर्थिक सहयोग जुटाउने तयारी भइरहेको छ।

Leave a review