Sajhedari Daily
Latest News from Nepal

पत्रकार यादव उपर भएको दुव्र्यवहार र सञ्चारगृह आक्रमणको महासंघ प्रदेश समितिको ध्यानाकर्षण

Top Aside Banner

नेपाल पत्रकार महासंघ धनुषाका पुर्व जिल्ला अध्यक्ष एवम् जनकपुुर टुडे, रेडियो टुडे र टिभी टुडे जनकपुरका सम्पादक वृजकुमार यादवको घरमा केही व्यक्तिको समुहहरुले घर तथा सञ्चारगृहमा ढुङ्गामुढा गर्दै गाली गलौज गरेको घटनाको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले घोर आपत्ति जनाउदै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ प्रदेशका सचिव गुरुप्रसाद गौतमले विहिवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै दुव्र्यवहार सहित आक्रमणको घोर निन्दा गर्दै दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

पत्रकार यादवको कमी कमजोरी भए कानुनी उपचार खोज्न सकिने हुदाहुदै कानुनको बर्खिलाप हुने अमानवीय व्यवहारको आपत्ति जनाउदै महासंघ प्रादेशीक समितिले तत्काल छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

महासंघले अभिव्यक्ति तथा वाक् स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताको सम्मान गर्दै स्वतन्त्र, निष्पक्ष तथा भयरहित पत्रकारीता गर्ने वातावरण निर्माण गर्न पनि सम्बन्धीत सरोकारवाला निकायसमक्ष जोडदार माग समेत गरेको छ ।

केही व्यक्तिहरुको समुहमा आएकाहरुले विहिवार विहान करिब ११ बजेतिर पत्रकार यादवको घर तथा सञ्चारगृह समेतमा ढुङ्गामुढा गदै आक्रमण गरेका थिए । साथै पत्रकार यादव र उनका परिवाका सदस्यहरुलाई समेत गालिगलौज गरी दुव्र्यवहार गरेका थिए ।